चितवन । चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका वडा नम्बर ३ का ४२ वर्षीय उमेश सहनी, सोही ठाउँका ४१ वर्षीय महेन्द्र सहनी र वर्ष ५५ का रामनाथ माझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज साँझ ५ बजेर २० मिनेटमा माडी नगरपालिका वडा नम्बर ३ बैराठस्थित जङ्गलबाट गाँउमा पसेको बाघले आक्रमण गरेको र आक्रमणबाट उनीहरूको हात र ढाडमा चोट लागेको हो ।
घाइते उनीहरूको स्थानीय बघौडा अस्पताल माडीमा उपचार भइहेको छ । उक्त बाघले रामनाथ माझीको एउटा बाख्रा समेत मारेको छ । बाघलाई नियन्त्रणमा लिन अहिले उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना र हात्तीसहित वनका कर्मचारीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।