तनहुँ खबर

पौडी खेल्ने क्रममा नहरमा डुबेर जना बेपत्ता, एकको जीवितै उद्धार

एक जनाको जीवितै उद्धार गरिएको छ । नहरमा पौडी खेल्ने क्रममा नहरमा डुबेर भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन् । गणित जहदा-३ स्थित मामा घरमा बस्दै आएका थिए । उनी जहदा-३ का १८ वर्षीय दीपेश राजवंशीसँग पौडी खेल्न नहरमा छिरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता रन्जन कुमार दाहालले प्रहरी चौकी मझारेबाट खटिएको टोलीले स्थानीयको सहयोगमा दीपेशलाई भने सकुशल उद्धार गरेको छ । जीवितै उद्धार गरिएका उनको अवस्था सामान्य रहेको डीएसपी दाहालले बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!