दुलेगौंडा । जटिल प्रकृतिको रोगबाट लामो समयदेखि गम्भिर विरामी रहेकी प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधन भएको छ ।
पार्किन्सनको जस्तो लक्षण रहेको रोगबाट पिडीत रहेकी दाहालको बुधबार विहान उपचारको क्रममा निधन भएको हो । ६९ वर्षीया सीता दाहालको बिहान ८ः३३ मा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । उनलाई आज बिहान ८ बजे हृदयघात भएको थियो । सीता दाहाल ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी, पार्किन्सोनिस्म’ जस्ता रोगबाट पीडित थिइन् ।
यो रोगको लक्षण केही बर्ष अघिबाट नै देखिएको भएता पनि दाहालका एक मात्र पुत्र प्रकाश दाहालको अकालमा मृत्यु भएपछि आमा थप गम्भिर बन्दै भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको तीन छोरी र एक छोरा मध्ये अव दुई छोरी रहेका छन् । एक छोरीको क्यान्सरको कारण यस अघि नै मृत्यु भईसकेको छ ।