बागलुङ। बागलुङको दरमखोलामा पौडीखेल्ने क्रममा वेपत्ता भएका एक युवा मृत फेला परेका छन् । बागलुङको गलकोट नगरपालिकामा निमाणर्धिन रहेको दरमखोला हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका २२ वर्षीय मिलन कार्की सोही हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा वेपत्ता हुनु भएको थियो ।
ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट नगरपालिका-११ बस्दै आउनु भएका कार्की पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको थियो । वेपत्ता भएका कार्कीलाई प्रहरी टोलीले बेपत्ता भएको स्थानदेखि ४ किलोमिटर पूर्व खोलाको बिच भागमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका पैहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।