तनहुँ खबर

वन्यजन्तु शिकार तथा ओसार प्रसारमा संलग्न २२ जनालाई कारबाही

सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले एक वर्षमा वन्यजन्तुको शिकार गर्ने तथा ओसार प्रसारमा संलग्न २२ जनालाई कारबाही गरेको छ । आरक्षले अर्ना मार्नेदेखि चरा शिकार गर्ने सम्मका २२ जनालाई कारबाही गरेको हो । आरक्षका संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार सात वटा घटनामा २२ जनालाई कारबाही गरेको जानकारी दिए । आरक्ष र मध्यवर्ती क्षेत्रमा दुर्लभ अर्ना मारेको आरोपमा चार जना, लगुना मारेको आरोपमा ८ जना, अर्नाको प्रजनन् गराई वणर्शंकर प्रजाति उत्पादन गरि बिक्री वितरण गरेको आरोपमा ८ जना, चरा शिकार गरेको आरोपमा एक जना र सिसौको काठ तस्करी ओसारपसार गरेको आरोपमा एक जना गरि २२ जनालाई पक्राउ गरि कारबाही गरेको आरक्षका संरक्षण अधिकृत यादवले जानकारी दिए ।

प्रमुख यादवका अनुसार आरक्षले आफ्नै नियन्त्रणमा राखेर कारबाही गर्नेदेखि सुनसरी जिल्ला अदालतसम्म मुद्दा दायर गरेर कानुनी कारबाही गर्दै आएको छ । अर्ना मारेको आरोपमा हाल थप दुई जना भने फरार रहेको कार्यालयले जनाएको छ । त्यसैगरी हाईयसले ठक्कर दिई अर्ना मारेको मुद्दा अनुसन्धानको कार्य सम्पन्न भई अभियोग दर्ता गर्ने क्रममा रहेको र अर्को हालै गोली हानी अर्ना मारेको विषयमा अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!