तनहुँ खबर

पुल निमाणर्को क्रममा खोलाले बगाउँदा सव इन्जिनियरको मृत्यु

भोजपुर। खोलाले बगाउँदा भोजपुरमा एक जना सव-इन्जिनियरको मृत्यु भएको छ । जिल्लाको टेम्मेमैयुङ गाउँपालिका वडा नम्बर ९ मा पर्ने राउने खोलाले बुधवार राती बगाउँदा सव-इन्जिनियर मन्दिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सव-इन्जिनियर राईलाई बाढीले पुल निर्माण भइरहेको स्थानमा रहेको जेसिवि र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव-इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाई छ । राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!