तनहुँ खबर

प्रभात बसेल प्रकरण : दलित समुदायका नेता र अगुवाको चासो

दुलेगौंडा । अन्तरजातीय प्रेमपछि विवाहको तयारीमा रहेका प्रभात बस्याललाई शरिर बन्धक, अपहरण र जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको विषयलाई लिएर गण्डकी प्रदेशका दलित नेताहरुले चासो ब्यक्त गरेका छन् । हाम्रो दलित समाज शुक्लागण्डकी नगरपालिकाका पदाधिकारी सहित आईतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर दलित नेताहरुले घटनाको विषयमा जानकारी लिएका हुन् ।

गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलित समुदायका प्रदेशसभा सदस्य सहित दलित अगुवा, अधिकारकर्मी, पत्रकार, अधिवक्ताहरु संयुक्तरुपमा उपस्थित भएर घटनाको सत्यतथ्यरुपमा अनुसन्धान गरिनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकलाई भेटेर घटनालाई कुनै पनि शक्तिका कारण प्रभावित नबनाउन उनीहरुले आग्रह गरेका थिए ।

एमाले नेता तथा गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपाली, सांसदहरु नन्दकला नेपाली, दिलमाया पौवी, दमयन्ती रुचाल, टिकाकुमार बस्याल, एमाले केन्द्रिय सदस्य सविता रसाईली लगायतले जातीय विभेद हुने गरि मुद्धा दायर गरिएको हुदाँ पिडक भनिएका व्यक्ति पिडित समेत हुन सक्ने कोणबाट पनि अनुसन्धान गरिनुपर्ने माग राखे । उनीहरुले विभिन्न मिडिया र आफन्तको बयानका आधारमा अन्तरजातीय प्रेम विवाह रोक्नकै लागी केटीपक्षले बनावटी मुद्धा दायर गरेको हुन सक्ने भएकाले दोषी पाईए कडा कारवाही हुनुपर्ने बताए ।

उक्त अवसरमा नेताहरुले हिरासतमा रहेका बस्याललाई समेत भेटेर घटनाको अनुसन्धान निष्पक्षरुपमा भए नभएको बारे जानकारी लिएका थिए । भेटका क्रममा अनुसन्धान अधिकृत तथा प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले घटनाको निष्पक्ष छानविन सकेर सरकारी वकिलको कार्यालयमा जानकारी पठाइसकिएको जानकारी दिए ।

प्रहरी कार्यालयमा दलित संघर्ष समिति कास्कीका संयोजक भिम नेपाली, मुक्ति समाज गण्डकी प्रदेशका अध्यक्ष निर्मल दियाली, अभियन्ता धनबहादुर नेपाली, अधिवक्ता शिव सुनार, हाम्रो दलित समाज शुक्लागण्डकीका संयोजक भरत लामगादे, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य रिता नेपाली, दलित अगुवा दुर्गाबहादुर विक, अमृता विश्वकर्मा, पत्रकार अशोक विश्वकर्मा लगायत सहभागि भएका थिए ।

 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!