नेपाल किसान महासंघ तनहुँको अध्यक्षमा सरस्वति गौतम

दुलेगौंडा– नेपाल किसान महासंघ तनहुँको अध्यक्षमा सरस्वति गौतम चयन भएकी छन् । महासंघको जिल्ला अधिवेशनले सरस्वतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा कालिका पौडेल, सचिवमा दीलबहादुर वाचे मगर, सहसचिवमा भोजराज लामीछाने चयन भएका छन् ।

सदस्यमा मानबहादुर थापा, केशरबहादुर थापा, रेशममाया जैरे, विष्णु सुवेदी, आनन्द काफ्ले, तुलसी पन्त, रामनाथ भट्टराई, पदमबहादुर राना, जितमाया राना, सन्तोषी सुनार र श्रीबहादुर आले रहेका छन् ।

अधिवेशन पहिले जिल्ला संयोजकमा गौतम नै तोकिएकी थिइन् । नेपाल किसान महासंघ नेपाली कांग्रेस निकृत भातृ संस्था हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.