नवलपरासी ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।पशुपालन गर्दै आएका दम्पती को शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा गाउँ नजिकै फेला परेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । जिल्लामा यो हप्तामा मात्र ३ जनाको हत्या भएको प्रहरीले जनाएको छ।