दुलेगौंडा
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा नागरिक पहिलो अभियानको वडा कार्यदल गठन भएको छ । बिहीबार भएको भेलाले सर्वसम्मत १३ सदस्यीय वडा कार्यदल गठन गरेको हो ।
वडा कार्यदलको संयोजकमा मेघबहादुर थापा चयन भएका छन् । सदस्यमा टुकबहादुर अधिकारी, एपोलो थापा, जीतबहादुर थापा, रामजी पौडेल, रामबहादुर श्रेष्ठ, कमल महत, हरी कोईराला, बसुन्धरा शर्मा, कविता संग्रौला, शिव श्रेष्ठ, लोकबहादुर विक र लालबहादुर अधिकारी रहेका छन् ।
कार्यक्रममा अभियानका अभियन्ता जनार्दन वियोगी, भद्रबहादुर खत्री, राम केसीको उपस्थिती रहेको थियो ।
नागरिक पहिलो अभियानले शुक्लागण्डकी नगरपालिकाका विभिन्न विसंगतिप्रति आवाज उठाउदै आइरहेको छ ।