दुलेगौंडा
शुक्रबार म्याग्दे गाउँपालिकाको सेवा आंशिक प्रभावित हुने भएको छ ।
गाउँपालिकामा निर्माण भएको १० शैय्याको थर्पु आधारभूत अस्पतालको रुद्री पुजा र गाउँपालिकाले निर्माण गरेको सभाहलको उद्घाटन हुने भएकाले सेवा प्रभावित हुने भएको छ ।
‘उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका अधिकांश कर्मचारी तथा जनप्रतिनिधी खटिन पर्ने हुँदा यस गाउँपालिका र वडा कार्यालय (१–७) सबैबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु आंशिक रुपमा प्रभावित हुने हुँदा सम्बन्धित सबैमा यसै सूचना द्वारा जानकारी गराईन्छ’, प्रमुख प्रशासकीय अधिकृच नारायणप्रसाद अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।