म्याग्दे–१ मा नेतृत्व विकास तालिम सुरु

दुुलेगौंडा

तनहुुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा नेतृत्व विकास तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सोमबारदेखि ४ दिने नेतृत्व विकास तालिम सुरु भएको हो ।
तालिमको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । श्रेष्ठले तालिमलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरेका छन् । ‘यो तालिम लिएपछि तपाईंहरुको जीवनमा केही न केही परीवर्तन आउनपर्छ’, उनले भने ।

यसअघि सिलाइबुनाइदेखी मकैको खोस्टाको सामग्री बनाउनेसम्मको तालिम भएपािन अधिकांश सदुपयोग नभएको बताए । गाउँपालिकावासीको जीवनस्तर उकास्न आफूहरु अहोरात्र खटिएको उनको भनाइ छ ।

वडाध्यक्ष मणिभद्र वाग्लेले पनि तालिमलाई व्यवहारमा उतार्नुपर्नेमा नै जोड दिए । नेतृत्व विकासका लागि बोल्ने कला आवश्यक भएको उनको भनाइ थियो ।

कार्यपालिका सदस्य थममाया विकले यसअघिको तालिम सदुपयोग नहुदा तालिमको उपलब्धिमाथि प्रश्न उठिरहेको बताइन् ।

वडा सचिव केशवराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत वडा सदस्य मिनबहादुर थापाले गरेका थिए ।

तालिममा पत्रकार प्रकाशचन्द्र भट्टराई र विनोद ढुंगानाले महिला हिंसा, बोल्नेकला, बैठक व्यवस्थापन, माइनुट लेखन लगायतका विषयमा सहजीकरण गर्नेछन् । ३० जना बढी तालिममा सहभागी छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.