दुलेगौंडा
नेकपा माओवादी केन्द्रले तनहुँमा पालिकास्तरीय आधारभूत स्कुलिङ अभियान थालेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति तनहुँको आयोजनामा आधारभूत स्कुलिङ अभियान थाललिएको हो ।
स्कुलिङको पहिलो कार्यक्रम शनिबार भिमाद नगरपालिकामा भएको छ । भिमाद बजारमा भएको स्कुलिङ कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्यसमेत रहेकी तनहुँ इञ्चार्ज आशा कोईराला, केन्द्रिय सदस्य राजेन्द्रकेशरी न्यौपाने, ओमकुमारी पौडेल, क्षितिज लामीछाने, वैकल्पिक केन्द्रिय सदस्य ओमराज आले (मदन), जिल्ला संयोजक सूर्यबहादुर गौलीले प्रशिक्षण दिए ।
दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र, समाजवादी व्यवस्था, संगठन निर्माण, पार्टीको कार्यदिशा, समाजवादको नेपाली बाटो लगायत समसामयिक विषयमा प्रशिक्षण दिइएको हो ।
आइतबार आज भानु नगरपालिकामा पालिकास्तरीय आधारभूत स्कुलिङ अभियान हुदैछ । जिल्लाका १० वटै स्थानीय तहमा प्रशिक्षण दिएर अभियानको समापन गरिनेछ ।