दुलेगौंडा
नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिको अध्यक्षमा सरन सापकोटा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो नगर सम्मेलनले सापकोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
अध्यक्षमा निर्वाचित भएका सापकोटा यसअघि मनराज गुरुङसँग अध्यक्षमा पराजय भोगेका थिए ।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा सुमन आले, दीपक सापकोटा, सचिवमा सरोज पौडेल चयन भए । भण्डारी यसअघिका उपाध्यक्ष हुन् भने सुमन सचिव थिए ।
सहसचिवमा अनिष ढकाल दोहोरिदा कोषाध्यक्षमा हिमकुमारी पौडेल सर्वसम्मत भएकी छन् ।
सम्मेलनले ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यो समितिको कार्याकाल दुई वर्षको हुनेछ ।
नयाँ कार्यसमिति चयनपूर्व खबरदारी सभा गर्दै अधिवेशनको सुरुवात गरिएको थियो । अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी अब थप बलियो र एकताबद्ध हुने बताए ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्यद्धय विश्वजित गौतम र खुमबहादुर विक राजुले शुक्लागण्डकीमा आफ्नै बलबुतामा चुनाव लड्ने बताए । त्यसका लागि पार्टीमा सुधार ल्याउन आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
नेकपा माओवादी केन्द शुक्लागण्डकी नगर समितिले जनयुद्वमा योगदान गर्ने योद्घालाई सम्मान गरेको छ ।
शुक्लागण्डकी नगरपालिका भित्र बसोबास गर्ने जनयुद्वका सहिद तथा बेपत्ता पारिएका नागरिकका परिवार, घाइते, जेल तथा हिरासत परेका, यातनापीडित तथा जनयुद्वका पूर्णकालीन कार्यकर्ताहरुलाई सम्मान गरिएको हो ।
चयन भएको कार्य समितिको सूचि