‘कहिले उचाईमा पुगें, कहिले छर्लङ्गै खसें’

मनिषा कोइराला


मेरो जीवनका तीन घुम्तीहरु छन् । जहाँसम्म मलाई सम्झना छ, एउटा त फिल्म इन्डष्ट्रि । जहाँ मैले कसैलाई चिन्याथिन् । जहाँ मेरो केही पृष्ठभूमी पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।

दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो ।


तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो कोशिष के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाई, पिडा र दुखसुखको एउटा अनुुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुम्तीमा छु ।


म जहिले जवान थिए, मसँग असाध्यै उर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाईमा पुगें खस्दा पनि छर्लङ्गै नै खसे ।


क्यान्सले ग्रसित हुनु त्यो मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो । त्यसैले जहिल्यै पनि सम्झन चाहन्छु। जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ । र त्यतिखेर म मृत्युको बोधले या भयले घेरिएको थिए । एक्लोपनले गिँजलेको थियो । मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिला । तर, हामीले एक दिन भोग्नु नै पर्छ ।


त्यसपछि मलाई लाग्यो की मैले बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोंचेको थिए की ल यस्तो यस्तो यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।

क्यान्सरको उपचार गर्नलाई हस्पिटलमा बस्दा आशावादी त म थिइनँ । म निराश थिए । लाग्यो की मलाई यही मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम दिनहरु हो ।


असाध्यै हिनताबोध के भइरहेको थियो भने मैले जीवन पाए तर, त्यसको भरपूर उपयोग गर्न सकिनँ । त्यसको दुरुपयोग गरें । म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ । मैले ४१ वर्षसम्म बाँच्न पाएको थिए, उपयोग आफैंले बाँच्न गरे भनेर असाध्यै हिनताबोध भएको थियो ।


हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर । आफन्त को हो भनेर ? आफन्त देखिने भनेको को रहेछ ? जीवनमा के महत्वपूर्ण रहेछ ? के संवेदनशील छ ? के संवेदनशील छैन भनेर ?


क्यान्सर हुनुुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ मेरो अन्त छैन भनेर । अंहकार जस्तो थियो ।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हुुदैनौं । अब त कहिले मर्ने थाहा भएन । मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो । एक्लोपन असाध्यै भयो । डर असाध्यै लाग्यो । बाँच्छुु, जिउँछु ? कतिसम्म बाँच्छुु र कहिलेसम्म कुन हालतमा बाँच्छु ? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ ? भन्ने पनि थाहा थिएन । अपांग भएर बाँच्छु की ? भन्ने सोंचहरु मनमा आएको थियो । भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु ।


जब हस्पिटलमा थिए त्यतिखेर मैले सोंचेको मान्छेहरु, माया गरेको मान्छेहरु म सँग कोही आएनन् । मेरो आमाबुवा र निकट साथीहरु भन्दा बाहेकका एउटा दुईटा आए । मेरो त जमातै हुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए । त्यतिखेर कोही भएन । म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराको हुन्थे ।

एक जना डाक्टर हुनुहुन्थ्यो । हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो । पूरा दिन मसँग बस्नुहुन्थ्यो । एकचोटी बस्नुभो । दुईचोटी बस्नुभो । मेरो मनमा धेरै प्रश्नहरु आउन थाले । एकदिन त मैले आफूलाई रोकेर सोधें, ‘तपार्इं आइतबार यहाँ अएर बस्नुहुन्छ । न्युुयोर्कको राम्रो हस्पिटलको डक्टर हुनुुहुन्छ । त्यहाँ तपाई यति व्यस्त हुनुहुन्छ हप्तैभरी । आइतबार एक दिन पाउनुहुुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो । तर, तपाईं मकहाँ आउनुहुन्छ ? तपाईं मेरो फ्यान पनि होइन । साथी पनि होइन । किन आएर मसँग बस्नुहुन्छ । आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुभएको छ ?’


उहाँले भन्नुुभो, ‘मनिषा जि सो द्याट यु डु दिस समबडी एल्स ।’ म अवाँक भए । उहाँले आफूलाई भनेर होइन की थाहा रहेछ म एक्लो छु भनेर । र मलाई साथको खाँचो छ भनेर । त्यसैले उहाँ आउनुभो । उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिउँ कसैलाई परेको बेलामा ।


हरेक मान्छेहरुको सोंच फरक हुन्छ । तपाईसँग एक जना होस्, दश जना होस् / कोही नहोस् । तर, तिमी शान्त छौं भने केही हुदैन । हामलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौं । यसले माया गर्देला, मलाई दुख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं । तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुपर्छ । माया प्रेम पाए पनि राम्रो नपाएपनि राम्रो । ब्यालेन्ससिटको फर्मुलामा गयो भने गाह्रो हुन्छ ।


उचाईंमा पुुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ । म युवा हुँदा एउटै नाक आकाशतिर भएर हिँड्थे । इगो धेरै बुस्ट हुन्छ । मेरो सेकेन्ड इनिङमा मैले सफलता पाए र यसमा रमाए । किनभने मैले असाध्यै मेहनत गरे त्यसको सफलता भए । मैले आफैंलाई असाध्यै आशीवार्द दिए । मैले आफैंले स्याबास भनेपनि । तर, मलाई यति थाहा छ की यी सबै सकिने रहेछ । जिन्दगीको सत्य अस्थायी हो । भोलि के हुन्छ थाहा हुदैन ।
उचाईंमा पुग्दा सीमितता हुन्छ । अब यो पछि के गर्ने भन्ने हुन्छ ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन ।


हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता । हामी सफल पनि देख्छौं, ओरोलो झरिरहेका पनि हुन्छौ । सानो होस् या ठूलो कुरा होस् कहीं हामीलाई धेरै माया इज्जत दिइन्छ । त्यो सधैंभरीका लागि हुदैन । भोलि गएर कहीं अपमान, बेइजती सहनुपर्ला । म धेरै नै ओरोलामा झर्न चाहिन र धेरै नै उचाइमा पुुगेर पागल पनि हुन चाहदिन भन्ने मानवीय स्वभाव रहेछ ।


जब मैले जिन्दगीलाई बुझ्दै गए धेरै बुुझ्ने भएँ । युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दाखेरी म ओहो मिनाकुमारी भन्थे । एकदम निराश हुने । हरेक चिन परीवर्तन हुन्छ । अहिले जब उमेर बढ्दै गयो अहिले लाग्छ हरेक चीज परिवर्तनशील छन् । जिन्दगी बुुझेर बाँचेको राम्रो ।
क्यान्सर भएर बेडमा हुँदा मैले सोंचेको थिएं जिन्दगीलाई सुधार गर्छु भनेर । जसले मलाई साँचो माया गरेको छ । जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपन्तत्व महशुस गराउँछु। झन् सुदृढ गराउँछु । मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछु । त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले । धेरै मान्छेले बम्बइमा फेरी करियर सुरु हुन्छ भनेर सोंचेका थिए । किनभने मलाई सिनेमा मन पर्छ । अभिनय, कथाहरु भन्न, सुुन्न, हेर्न मन लाग्छ । तर, मेरो अर्को पाटो खुलिसकेको छ । अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहान्छु । जहाँ मेरो आत्मले लाग्छ । जहाँ मलाई खुशी लाग्छ, त्यो बाटो हिँड्दै जान्छु । जहाँ मलाई दिमागले नबाँधोस् । म जिन्दगीलाई खुला गर्दैछु ।


मनमा एउटा सोंच थियो, म जुन उचाइमा थिए । फेरी त्यही उचाइमा लगेर म निर्णय लिन्छु निरन्तर गर्छु की गर्न चाहदिन । किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुरा बाँधदैन । म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन । तर, एउटा फ्लोमा करियर थियो । मैले कडा मेहनत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि अरु राम्रा निर्देशकहरु एक्कासी जिन्दगीले जोडले मलाई लगेको थियो । एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन । पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन ।


मलाई अनुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरे जब केही महत्वपूर्ण उपलब्धि हासिल गरें । तर, पूर्ण क्षमतावान् थिए महत्वकांक्षा हुनका लागि ।

मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन । म धैरै कलात्मक, सिर्जनशील, जिप्सि छु । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटी देखि नै राजनीतिकको बारेमा सुन्दा सुन्दा रुची कम छ । राजनीतिक सजिलोसँग बुुझिन्छ ।


नेपाली सिनेमाको अहिले राम्रो समय छ । ‘पूर्णबहादुरको साराङ्गी’ भन्ने सिनेमा छ नि पहिलो करोडौं कमाउने । यो सुरुआत हो । किनकी पहिले पहिले नेपाली सिनेको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो । अहिले सय करोडमा पुुगेपछि सम्भावनाको ढोकाहरु खुुलेका छन् ।
हामीले सिर्जनशिलता दिनुपर्छ । नेपाली समाजमा किताब पढ्नेहरु बढी छन् । त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ । हाम्रो आफ्नो माटो, परम्परा, कथाहरु फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौं । त्यस्ता फिल्म निर्माताहरु युवापूस्ताहरुमा देखिएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.