आधारभूत शिक्षा परीक्षाः संस्थागततर्फ लिटल गार्डेनका दिप्सन प्रथम

दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को आधारभूत शिक्षा परीक्षामा संस्थागत विद्यालयतर्फ दिप्सन सापकोटाले उत्कृष्ट नतिजा हासिल गरेका छन् । उनले आधारभूत शिक्षा परीक्षामा ३.९७ जिपए प्राप्त गरेका हुन् ।
सापकोटा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित लिटल गार्डेन इङलिस बोर्डिङ स्कुलका विद्यार्थी हुन् ।

लिटल गार्डेन पछिल्लो समय संस्थागततर्फ विद्यार्थीको रोजाइको विद्यालय बन्दै गइरहेको छ । आधारभूत शिक्षा परीक्षामा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको शुक्लागण्डकी नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

५० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ४६ जना उत्तीर्ण भएका छन् । शुक्लागण्डकीले यो वर्ष एसईईकै मोडलमा परीक्षा लिएको थियो ।

लिटल गार्डेनले औसतमा २.७५ जिपिए प्राप्त गरेको छ । ३ देखि देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या २५ जना रहेका छन् ।

३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भए । तिमध्य पनि ३.६ देखि ३.९७ जिपिए ल्याउने विद्यार्थी ४७ जना रहेका छन् ।

लिटल गार्डेन विगत २५ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदै शुक्लागण्डकी नगरपालिकाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनेको छ ।
अनुभवि शिक्षकद्वारा पठनपाठन, उत्कृष्ट नतिजा, अतिरिक्त क्रियाकलापमा शुक्लागण्डकीकै उत्कृष्ट विद्यालय, विद्यार्थीमैत्री वातावरण, अभिभावकसँग निरन्तर अन्तरक्रिया, आरामदायी यातायात सेवा, विज्ञान र प्रविधिमा शिक्षासँगै सीप विद्यालयको विशेषता रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.