लियो जिल्ला परिषद् ३२५ एलको उपाध्यक्ष बने कुशल लम्साल

दुलेगौंडा–लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षमा शुक्लगण्डकीका कुशल लम्साल निर्वाचित भएका छन् । लायन वर्ष २०२५÷२६ का लागि लियो जिल्ला परिषद् ३२५ एल नेपालको जिल्ला उपाध्यक्षमा लम्साल निर्वाचित भएका हुन् ।

लम्साल लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्रका संस्थापक अध्यक्ष हुन् । लायन वर्ष २०१७÷१८ मा लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीबाट उनको यात्रा सुरु भएको थियो । २०२०÷२१ मा उनकै नेतृत्वमा लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्र स्थापना भएको हो । उनी क्लब चार्टर्ड अध्यक्ष, विभागीय सहप्रमुख, जिल्ला टेमर, जिल्ला पिआरओ, जिल्ला कोषाध्यक्ष भइसकेका छन् ।

उपाध्यक्ष निर्वाचित भएका उनले गण्डकी क्षेत्रका लियोमा थप उत्साह, पहिचान र प्रतिनिधित्वको भावना जागृत गराएको बताए । सबैको भावनालाई समावेश गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.