सम्झना र अर्जुनले ल्याए ‘क्यारी भुलाम मेरो मन’

तनहुँ

लोकप्रिय कलाकार सम्झना भण्डारी र अर्जुन सापकोटाको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ सार्वजनिक भएको छ । सम्झना भण्डारी युट्युब च्यानलमार्फत गीत सांगीतिक बजारमा सार्वजनिक गरिएको हो ।

‘वितरा नै पा¥यौं केरे
चट्टै माया मा¥यौं केरे
डुलेपनि रनवन
मनमा माया घटिन, रुने ठाउँ नि भेटिन
क्यारी भुलाम मेरो मन’


गीतका शब्द सन्तोष सापकोटाले सिर्जना गरेका हुन् । गायक सापकोटाले नै लय भरेका छन् । गीतले मनमा माया भएर पनि रुदै छुट्नुपरेको भावलाई प्रस्तुत गरेको छ ।
गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, सरिता ढुंगाना र पुष्पमा अवस्थितको अभिनय छ । भिडियोको कथा र निर्देशन विशाल घिमिरेले गरेका हुन् ।
बुद्ध थापाले छायांकन गरेको दृश्यलाई अनिष महतले सम्पादन गरेर बजारमा ल्याइएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.