दलित समुदायको पक्षमा कलम चलाउनुहोस्ः सभामुख धिताल

बन्दीपुर– गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा व्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन् ।

तनहुँको बन्दिपुरमा शनिबार भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको बताए । पत्रकारले पीडितको पक्षमा कमल चलाउनुपर्ने उनको भनाइ थियो ।

‘मानव भएर पनि दलित समुदायले मानवीय व्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ’, उनले भने, ‘कानुनमा जे लेखिए पनि व्यवहार अझै कमजोर भएको छ । यसलाई चिर्न पत्रकारले साझा प्रयत्न अझै बढाउनुपर्छ ।’

उनले जनस्तरमा सहि र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषणसहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन आग्रह गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.