दुलेगौंडा– कृष्मि बहुउदेश्यीय सहकारीको सञ्चालक समितिको जिम्मेवारी हेरफेर भएको छ । बुधबार बसेको प्रथम साधारण सभाले जिम्मेवारी हेरफेर गरेको हो ।
अध्यक्षमा मनराज गुरुङ नै रहेका छन् । उपाध्यक्ष बिर्सना श्रेष्ठले छाडेपछि सरस्वती गौतमलाई सर्वसम्मत चयन गरिएको छ । सरस्वती यसअघि सहसचिव थिइन् ।
सचिवमा ऋषेश्वर भुवाई (ऋतु), कोषाध्यक्षमा सरोज पौडेल रहेका छन् । सदस्यमा सुरज वाग्ले (भिरखोईरे) र सिता तिमिल्सिनालाई थपिएको छ । केशवराज पौडेल सदस्यमा कायमै छन् । यसअघिका सदस्य फत्तबहादुर गुरुङ, उमा गुरुङ र प्रज्वल गुरुङ भने कार्यसमितिबाट बाहिरिएका छन् ।
लेखा समितीको संयोजकमा मनबहादुर भुजेल, सदस्य नवराज गौतम र टुकबहादुर गुरुङ दोहोरिए । ऋण समिति संयोजकमा सुरज वाग्ले (भिरखोईरे), सदस्यमा खिमलाल पोखरेल र तुलसी शाह चयन भएका छन् ।
साधारण सभाको अवसरमा उत्कृष्ट किसान, समूह र बचतकर्तालाई सम्मान गरिएको छ । उत्कृष्ट किसानको सम्मान सुरज वाग्ले (भिरखोइरे) किसान समूहबाट अर्चले कृष्मी समुह शुक्लागण्डकी–१, उत्कृष्ट बचतकर्ताबाट अनिता गुरुङ सम्मानित भएका छन् ।
उनीहरुलाई शुक्लागण्डकी नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख नवराज पण्डित, राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड पोखराका निमित्त निर्देशक पबित्र अधिकारी, कृष्मि बहुउदेश्यिय सहकारी संस्थाका अध्यक्ष मनराज गुरुङले सम्मान गरे । किसान समूहलाई स्प्रेमेसिन, भिरखोइरेलाई मोबाइल स्ट्याण्ड र अनितालाई पाँचऔले तरुल प्रदान गरिएको छ ।
गत वर्ष स्थापना भएको कृष्मि बहुउदेश्यिय सहकारीले कफीसँगै अन्य कृषि उत्पादनलाई जोड दिदै आइरहेको छ । हालसम्म ५९ समूह सहकारीमा आबद्ध छन् ।