तनहुँ
पोखरामा हुन लागेको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको स्थान विवाद सुल्झिएको छ । अब कोटिहोम नयाँ स्थानमा हुने तय भएको हो ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित नेपाल ट्रष्टको जग्गामा हुने भनिएको कोटिहोम त्यहाँ कुनै हालतमा हुन नदिने मेयर धनराज आचार्यको अडान थियो । अनुमति नलिइकन कोटीहोम पक्षधरले नेपाल ट्रष्टको जग्गामा भूमिपुजन गर्ने क्रममा फागुन २३ गते पोखरा महानगरपालिकाले रोक्न खोज्दा दोहोरो झडपसमेत भयो । झडपमा पोखरा नगरप्रहरी ११ जना र कोटीहोम पक्षधरका ९ जना घाइतेसमेत भएका थिए । त्यसपछि विवाद सुल्झाउन दूवै पक्ष जिल्ला प्रशासन कार्यालयको रोहबरमा वार्तामा बसेका थिए ।
वार्तापछि पोखरा महानगरपालिका नेपाली कांग्रेस संसदीय दलका नेता दीवसमान प्रधानांग र नेकपा एमाले संसदीय दलकी नेता राधिका शाही, कोटीहोम सञ्चालन गर्ने मानव सेवा फाउण्डेसनकोतर्फबाट विष्णुराज गिरी र विजयी केसी जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य रहेको समितिले हरिहरगुफाको जग्गामा महायज्ञ गर्नलाई सहमति जुटाएको हो ।

पोखरा महानगरपालिका–१७, बिरौटास्थित हरिहरगुफाको जग्गा तय भएको समिति सदस्य प्रधानांगले बताए । बरालफीड नजिकै रहेको जग्गामा कोटिहोम गर्नलाई सहमति जुटेको उनको भनाइ छ । ‘समितिले स्थानको टुंगो लगाएर सहमति गरेको छ । कार्यपालिका बैठकबाट निर्णय हुन बाँकी छ’, उनले भने ।
महायज्ञ हुने भनिएको हरिहरगुफाको जग्गा सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर ९सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति०को स्वामित्वमा रहेको छ । यहाँ महायज्ञ गर्नलाई वडा र महानगरपालिकाबाट अनुमति लिइसकेको मानवसेवा फाउण्डेसनका सञ्चार संयोजक लेखराज ढकालले बताए । ‘त्यहाँ तयारी पनि सुरु भइसकेको छ’, उनले भने ।
मानव सेवा फाउन्डेशनले वैशाख १७ देखि जेठ २६ गतेसम्म ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट महायज्ञ’ गर्ने तयारीमा छ । पोखराका विभिन्न स्थानका वर, पीपल, समी लगायतका चौताराका रुख ठुट्दै हुने गरेर काटेपछि मानवसेवा फाउण्डेसन र पोखरा महानगरपालिकाबीच जुहारी सुरु भएको थियो । सुरुमा रुख काट्न मौन स्वीकृति दिएको महानगरपालिकाले पछि आलोचना भएपछि जफथ नै ग¥यो ।
