किसानलाई सघाउदै महोत्सव

दुलेगौंडा

तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले तनहुँका किसानको उत्पादनलाई बजारीकरणको लागि सघाएको छ । जिल्लाका १० वटै स्थानीय तहका किसानले उत्पादन गरेको उत्पादनलाई बजारीकरणमा संघले आयोजना गरेको महोत्सवले सघाएको हो ।


तनहुँ उद्योग वाणिज्य संघको आयोजना र दमौली बजार इकाइको सहआयोजनामा दमौलीमा नवौं संस्करणको महोत्सव जारी छ । पुस २५ गतेदेखि आयोजना गरिएको महोत्सवले किसान र घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निशुल्क उपलब्ध गराएको हो ।


किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायत कारणले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गरेको संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बताए । किसानलाई निशुल्क स्टल उपलब्ध गराएर बजारीकरणमा सघाएको उनको भनाइ छ ।

‘उपभोक्तालाई सिधै बिक्रीको प्रबन्ध गरेर किसानलाई फाइदा हुने व्यवस्था मिलाएका हौं’, उनले भने ।


बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोक्ताले महंगो मूल्यमा किन्नुपर्ने बाध्यताको अन्त्य गरको उनले दाबी गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.