पशुपंक्षी औषधि व्यवसायीको किसानलाई सहयोग

दुलेगौंडा

पंशुपंक्षी औषधि व्यवसायीले किसानलाई सहयोग गरेका छन् । शुक्लागण्डकी नगर क्षेत्रका किसानलाई नेपाल पशुपंक्षी औषधि व्यवसायी महासंघ गण्डकी प्रदेश समिति र नेपाल पशुपंक्षी औषधि व्यवसायी महासंघ मस्र्याङदी शाखाले औषधि सहयोग गरेका हुन् ।

शनिबार खैरेनीटार महिला विकास सहकारीलाई औषधि हस्तानतरण गरिएको छ । सहकारीमा आबद्ध झन्डै २८ सय किसानलाई पुग्ने पशुपंक्षीको औषधि हस्तानतरण गरिएको हो । माटे, जुका लगायतका औषधि सहकारीलाई दिइएको छ ।

औषधि हस्तानतरण कार्यक्रममा बोल्दै नेपाल पशुपंक्षी औषधि व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रितेश रिमालले आगामि दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले कार्यक्रममा पशुपंक्षीको औषधिको उपयोगिताबारे पनि स्पष्ट पारे ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोपीनाथ बराल,निर्वतमान अध्यक्ष बसन्ता श्रेष्ठले औषधी व्यवसायीले व्यवसायसँगै सेवा गरिरहेको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.