नार्गाजुन पनि बढी हो भने…..

तनहुँ


गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजतन्त्र कुनै हालतमा फर्काउन नसकिने बताएका छन् । आइतबारको गण्डकी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई नार्गाजुनसमेत बढी भएको टिप्पणी गरे । चैत १५ गते काठमाडौंमा हिंसा फैलाउने राजावादीलाई तुरुन्त काराबाहीको दायारमा ल्याउन उनको माग छ ।

‘लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि बर्बर आक्रमण गर्नेगरी उत्तेजित बनाउने गरी फलाना फलानो ठाउँमा आक्रमण गर्ने भनेर सुनियोजित भनिएकै ठाउँमा आक्रमण गरेर जनताको जिउधनमाथि खेलवाड गर्दै आगजनी गरेर जिउदै सुरेश रजक जस्ता पत्रकारहरुलाई जलाउने अपराधीहरुले कारबाही गरियोस्’, उनको माग थियो ।

राजतन्त्र फर्काउछु भनेर सपना देखे चक्नाचुर बनाउने उनको चेतावनी दिए । गण्डकी प्रदेश सभा एकस्वरका साथ राजतन्त्र फर्काउनेको सपनालाई चक्नाचुर बनाउने उनको भनाइ थियो । ‘यो देशमा पूरानो तन्त्र म फर्काउन चहान्छु भनेर कसैले सपना देखेको छ भने’, उनले भने, ‘सिंगो यो प्रदेश सभा एकमुखका साथ एकस्वरका साथ भन्न चाहान्छ तिनका सपनाहरु चक्नाचुर पारेर गणतन्त्र अझ बलियो बनाउने अभियानका साथ अगाडि बढ्न चहान्छ ।’

गणतन्त्रवादी दलका नेताको जीवनशैली, कार्यशैली सुधार्नुपर्ने उनले बताए । संविधानलाई पनि संशोधन गरेर अझै बलियो बनाउन सकिने गण्डकी प्रदेश सभा एमाले संसदीय दलका नेता अधिकारीले तर्क गरे । ‘हामीले संघीयता ल्याएको मन नपराउनेहरु, हामीले गणतन्त्र, लोकतन्त्र ल्याएको मन नपराउनेहरु केही हामीले सुधार्नुपर्ने कुराहरु हुन सक्छन् सभामुख महोदय । हाम्रो जीवनशैलीमा, कार्यशैलीमा जनताका गुनासा हामीले सुनेका छौं’, उनको दाबी थियो ।

राजावादीले संविधान संशोधनको विषयलाई मन नपराएको जिकिर गरे । उनले बैंकको ऋण नतिरेर जनता भड्काउने दुर्गा प्रसाईंलार्य पनि तुरुन्त गिरफ्तार गर्न सरकारलाई आग्रह गरे । ‘संविधान संशोधनको विषयलाई मन नपराएर एउटा कुनै छिमेकी देशको मुख्यमन्त्रीको फोटो टाँसेर प्रपञ्चका साथ कागतालीले राजा बन्न गएको भूतपूर्व बनिसकेको व्यक्तिलाई फेरी कसैले सिंहासनमा फर्काउन सक्छु भनेर कल्पना गर्न सक्छ’, खगराजले थपे, ‘र बैंकको ऋण ठगेर ऋण नतिरे पनि हुन्छ भनेर जनतालाई भड्काएर जनताको जिउधनमाथि आगजनी गर्ने अपराधीलाई तुरुन्त गिरफ्तारी गरेर कारबाही गरियोस् ।’

लोकतन्त्रको सुन्दरपक्ष वादविवाद, प्रतिवाद र संवादबाट निष्कर्ष निकाल्ने रहेको उनले बताए । ‘लोकतन्त्रमा निषेध हुदैन । त्यसैले अर्काको व्यक्तिगत सम्पत्ति ध्वस्त पार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने अपराधिक काम लोकतन्त्र विरोधी अपराधीले मात्रै सोच्न सक्छ’, आक्रोशित मुद्रामा उनले भने, ‘व्यवहारमै त्यो उत्रिएको छ भने म नेपाल सरकारलाई माग गर्न चहान्छु त्यस्ता लोकतन्त्र, गणतन्त्र, संघीयता विरोधी अपराधीलाई तुरुन्त गिरफ्तारी गरि जहाँ भएपनि खोजेर ल्याएर तिनलाई कारबाहीको घेरामा ल्यानुपर्दछ ।’


बालकृष्ण समका छोरी ज्वाँईलाई दरबारियाले हत्या गरेको आरोप लगाए । ‘दरबार हत्या र लाशको खातमा उभिएको उनले स्मरण गराए । ‘दरबार हत्यैहत्या र लासैलासको खातमा उभिएको दरबार हो’, उनले भने ।


प्रदेशहरुमा सभामुख भएर लोकतन्त्रको स्वाद चाखेर आगजानी गर्ने हैसियत नभएको भन्दै राप्रपामाथि पनि उनले प्रहार गरे । निषेधको राजनीति सहिष्णुता भएको तर्क गरे । ‘नार्गाजुन पनि बढी हो भने सभामुख महोदय अब हामी अगाजनी उपदत व्यक्तिगत सम्पत्ति लुट, चोरीडकैतीमा समेत सरकारले कानुनी रुपमा ल्याउनुपर्छ । त्यसको मुख्य नायकलाई नै ल्याउनुपर्छ भन्ने माग गर्न चाहान्छौं’, उनले आक्रोश पोखे ।


गणतन्त्रको विकल्प अझै उन्नत गणतन्त्र र संघीयता मात्रै हुन सक्ने अधिकारीको भनाइ थियो । यसलाई नजरअन्दाज नगर्न उनको चेतावनी छ । उल्टो बाटोमा हिँड्न त कल्पना गर्न पनि नसकिने उनले जिकिर गरे । व्यक्तिका विरुद्ध नभइ सामान्तवादको अन्त्यका लागि आफू रहेको अधिकारीले सुनाए ।

देश एकताबद्ध भएको र प्रतिगमनको कुनै गुञ्जायस नरहेको उनले दाबी गरे । ‘यदि कोही भ्रममा परेर प्रतिगामीहरुको उक्साहटमा कहीँकतै जानुभएर उहाँहरु उक्सिनुभो भने हामी विन्रमतापूर्वक भन्छौं यी अकल्पनीय र हुनै नसक्ने कुरामा पछि नलाग्दिन म अपलि गर्न चाहान्छु’, उनको अनुरोध थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.