सेनाका करण रावल बने कोल्मा क्रसकन्ट्रीको च्याम्पियन

पोखरा

नेपाली सेनाका धावक करण रावलले कोल्मा क्रसकन्ट्रीको उपाधि जितेका छन् ।


सोमबार भएको पाँचौं संस्करणको क्रसकन्ट्रीमा रावलले  एक घण्टा २७ मिनेट ५२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै च्याम्पियन बनेका हुन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ हात पारे ।

सेनाकै टंकबहादुर कार्की दोस्रो हुँदा रमेश लिम्बुले तेस्रो स्थान प्राप्त गरे । कार्की र लिम्बुले २५ किलोमिटरको दूरी क्रमश : १ घण्टा ३२ मिनेट ९ सेकेन्ड, १ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरेका हुन्। कार्कीले ४० हजार रुपैयाँ र लिम्बुले ३० हजार प्राप्त गरेका छन् ।

रुकुमका दुर्गाराज बुढा १ घण्टा ३८ मिनेट १३ सेकेन्डमा पूरा गर्दै चौंथो स्थान हासिल गरेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-९ कोल्मा बराहचौरबाट सुरु सतीडाँडा, काउले, थुम्की डाँडा, जिमिरे मन्दिर हुँदै पुन बराहचौरमा आएर टुंगिएको हो ।

२१ बर्षमुनिका पुरुषतर्फ १० किलोमिटर क्रस कन्ट्री दाैडमा सनम गुरुङ विजेता बने । उनले ४६ मिनेट ३५ सेकेन्डमा पूरा गरेका हुन् । 

रुद्र बुढाथोकी उपविजेता हुँदा अशोक बराम तेस्रो भए।*** उनिहरुले क्रमशः   ५० मिनेट १४ सेकेन्ड र ५१ मिनेट ५१ सेकेन्डमा दौड सकाए ।
२१ वर्षमुनिको विजेताले क्रमशः  १५ हजार,  १० हजार र ५ रुपैयाँ प्राप्त गरेका छन् ।


खुला महिलातर्फ १० किलोमिटर क्रसकन्ट्री दाैडमा रविना बुढामगरले १ घण्टा १२ मिनेट २६ सेकेन्डमा पूरा गर्दै विजेता बनिन् ।


विमला मानन्धरले १ घण्टा १५ मिनेट २८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भएकी छन् । बुढामगरले १५ हजार र मानन्धरले १० हजार रुपैयाँ हात पारेकी छन् ।

विद्यार्थीतर्फ पाँच किलोमिटर दौडमा काेल्मा बराहचौरका विधार्थीको समूह विजेता र उपविजेता बन्दा जनजागृती माध्यमिक विद्यालयको समूहले तेस्रो स्थान हासिल गरे । रिले दौडको विजेताले १२ हजार, ८ हजार र ४ हजार रुपैयाँ जितेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.