दुलेगौंडा– शुक्लागण्डकी जेसीजले आयोजना गरेको प्रथम संस्करणको मिनि म्याराथनको उपाधि दीपेश थापाले जितेका छन् । ५ किलोमिटर दूरीको दौड २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै गाउँफर्कोदय माध्यमिक विद्यालयमा अध्ययनरत थापाले उपाधि जितेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीदेखि शुक्लागण्डकी नगरपालिका–९ ढोरबराही मन्दिरसम्म दौड भएको हो । ७० धावकलाई पछि पार्दै उपाधि जितेका थापाले ७ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे ।
पञ्चमुनिदेव माध्यमिक विद्यालयका भोजबहादुर गैह्रेले २३ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । पञ्चमुनिकै सुरज हमालले २३ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दैै तेस्रो भए । नेपाल पुलिस स्कुलका अंकित रानाभाटले २३ मिनेट ५६ सेकेन्डमा दौड सकाएर सान्त्वना भए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे ।
छात्रातर्फ तालवेसी माध्यमिक विद्यालयकी सपना परियार विजेता बनिन् । उनले ५ किलोमिटर दौड ३१ मिनेट ४६ सेकेन्डमा पूरा गरेकी हुन् । छात्रतर्फ ५ धावक मात्रै सहभागि थिए । सपनाले २ हजार साथमा रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।