दुलेगौंडामा खुल्यो ‘जय शिव इलोक्ट्रोनिक्स’

दुलेगौंडा

कम्पयुटर र मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै दुलेगौंडा बजारमा ‘जय शिव इलोक्ट्रोनिक्स’ सञ्चालनमा ल्याइएको छ । शुक्लागण्डकी नगरपालिकाको गेट अगाडि सञ्चालनमा ल्याइएको हो ।

शिव श्रेष्ठ र सुमित श्रेष्ठ दाजुभाइ मिलेर ‘जय शिव इलोक्ट्रोनिक्स’ ल्याएका हुन् । पसलको आइतबार शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले (राजु) ले उद्घाटन गरे ।

वडाध्यक्ष वाग्लेले समय सापेक्ष सेवा दिएर ग्राहकको मनजित्नुपर्नेमा जोड दिए । युवाहरु विदेश पलायन हुनुको सट्टा सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न सकिने उनको भनाइ थियो ।

हरेक प्रकारका मोबाइल, कम्प्युटरका पाटपुर्जा र मर्मत सम्बन्धि सेवा दिने सञ्चालक सुमित श्रेष्ठले बताए ।

देशमै केही गनुपर्ने उदेश्यले सीप सिकेर व्यवसाय थालेको अर्का सञ्चालक शिव श्रेष्ठ बताउँछन् । ‘विदेश पलायन हुनुको सट्टा सीप सिकेर स्वदेशमै सम्भावनाको खोजी गरेका छौ’, उनले भने ।

दाजु भाइ मिलेर सञ्चालनमा ल्याएको व्यवसायमा ३० लाख रुपैयाँ लगानी छ । शुभारम्भको अवसरमा ‘जय शिव इलोक्ट्रोनिक्स’ ले १५ प्रतिशत छुटको अफर ल्याएको छ । यो छुट १० दिनसम्म उपलब्ध रहने जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.