जनज्योति क्याम्पसको सभापतिमा विप्लव र सचिवमा अस्मिता निर्वाचित

पोखरा
तनहुँको भीमादस्थित जनज्योति क्याम्पसको स्ववीयु सभापतिमा विप्लव भण्डारी निर्वाचित भएका छन् । अनेरास्ववियुका विप्लबले नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलका उम्मेदवार अमृत गैह्रेलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।


भण्डारीले १३१ र गैह्रेले १०९ मत प्राप्त गरे । जनज्योतिमा २५८ मतदाता रहेकोमा २४४ मत खसेको थियो ।


सचिवमा अस्मिता अनेरास्ववियुकी अस्मिता क्षेत्रीले १२१ मत प्राप्त गर्दै निर्वाचित भइन् । प्रतिस्पर्धी नेविसंघकी दीपा रानाले १२० मत पाइन् ।


कोषाध्यक्षमा अनेरास्ववियुकी यशुमाया थापाले १३२ मत ल्याएर जित दर्ता गराइन् । नेविसंघकी कासिका रानाले १०७ मत पाएकी छिन् ।


सदस्यमा अनेरास्ववियुका सुजन पौडेल (१२३), सविना खातुन मियाँ (१२२), विष्णु उच्चै (१२१), विनिता रसाईली (१२८), ममता सिग्देल (१२२) मत प्राप्त गर्दै विजयी भएका हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.