पोखरा
पोखरा रंगशालामा जारी आइटिएफ जे–३० जुनियर टेनिसमा नेपाली खेलाडीद्वय आरभसम्राट हाडा र सुनिरा थापाले सिंगल्सतर्फ अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीले विजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडी आश्चर्यजनक रूपमा पराजित भएका छन् ।
ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।
जुनियर विश्व शिर्ष वरियताका जापानका रिकु हिगाशीको सेमीफाइनल यात्रा समाप्त भएको छ । उनी अष्ट्रेलियाका प्रतिक नविनसंग ६–३, ६–३ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
ब्वाइज सिंगल्सतर्फ आठौं वरीयता प्राप्त हैनुओ गुओ (चीन) ले शौर्य सामाला (भारत) लाई ७–५, ६–२ ले तथा सातौं वरीयता प्राप्त आश्रव्य मेहरा (भारत) ले चौथो वरीयता प्राप्त ओजस मेहलावत (भारत) लाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।
सिंगल्स गल्र्सतर्फ छैठौं वरीयता प्राप्त सुनिरा थापा (नेपाल) ले तेस्रो वरीयता प्राप्त अरजान खोराकÞीवाला (भारत) लाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरिन् । शीर्ष वरीयता प्राप्त महिका खन्ना (भारत) ले रीत अरोरा (भारत) लाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।
ब्वाइज डबल्सतर्फ भएको सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त ओजस मेहलावत र अधिराज ठाकुर (भारत) ले तेस्रो वरीयता प्राप्त प्रबीर मुकेश चावडा (भारत) र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), ृ१३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
दोस्रो वरीयता प्राप्त आदित्य मोर र प्रकाश सरन (भारत) ले चौथो वरीयता प्राप्त आरव चावला र आश्रव्य मेहरा (भारत) लाई ७–५, ६–३ ले पराजित गरेका छन् ।
गर्ल्स सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका बिष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३े ले पराजित गरे ।
तेस्रो वरीयता प्राप्त दिशा बेहेरा र अरजान खोराकीवाला (भारत)ले दोस्रो वरीयता प्राप्त मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका छन् ।