तनहुँ
हीरो मोटरसाइकलको दुई नयाँ उत्पादन तनहुँको दुलेगौंडा बजारमा सार्वजनिक गरिएको छ । हीरोको आधिकारीक बिक्रेता दीपशिखा अटो ट्रेडले बुधबार एक्सट्रिम १६० आर फोरभी र एक्सट्रिम १२५ आर मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।
शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विकले मोटरसाइकल सार्वजनिक गरेका हुन् । उनले देशमै सम्भावना खोजेर व्यवसायमा जोडिएका युवालाई प्रोत्साहन गर्न जरुरत रहेको बताए । ‘विदेशबाट फर्केर आएकाहरुले देशमा केही न केही गरिरहेका छन्’, उनले भने ।
युवा वर्गलाई लक्षित गरेर हीरोले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर बजारमा ल्याएको दीपशिखा अटो ट्रेडका सञ्चालक दीपक नेपालीले बताए । राइडराहकको माग पूरा गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ ।
एक्स्ट्रिम १६० बार फोरभी (पी) को मूल्य तीन लाख ८४ हजार नौ सय रुपैयाँ तोकिएको छ । एक्स्ट्रिम १२५ आरको मूल्य सीचीएस मेरियन्टको दुई लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भेरियन्टको ३ लाख ११ हजार नौ रुपैयाँ रहेको छ ।
सार्वजनिकसँगै एक्स्ट्रिम १२५ आर तीनवटा मोटरसाइकलको साँचोसमेत हस्तानतरण गरिएको छ । मुक्तिनाथ विकास बैंकले मोटरसाइकल खरिद गरेको हो ।
उपपमेयर खुमबहादुर विक राजुले मुक्तिनाथ विकास बैंक दुलेगौंडा शाखा प्रमुख किरण गिरीलाई मोटरसाइकलको साँचो हस्तानतरण गरे ।