दुलेगौंडा
तनहुँमा भएको निशुल्क मुटुरोग परीक्षण शिविरमा ७८० जनाले सेवा लिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा निशुल्क मुटुरोग परीक्षण शिविर सञ्चालन भएको हो ।
शहीद गंगालाल हृदय केन्द्र काठमाडौंको आयोजनामा शिविर सञ्चालन गरिएकोमा तीन जना बिरामीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले जानकारी दिए ।
शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लसहित विशेषज्ञसहितको टोलीले बिरामीको मुटु परीक्षण गरेको थियो। गाउँ गाउँबाट आएका सेवाग्राहीले शिविरबाट लाभ लिएका लम्सालले बताए ।
निशुल्क इसिजी, इको, सुगर जाँच र औषधि वितरण गरिएको उनको भनाइ थियो । मुटु रोगीको पहिचान गरेर रेफर गरिएकामध्य विपन्नलाई निशुल्क र सहुलियतमा उपचारको व्यवस्था मिलाएको जनाइएको छ ।