दुलेगौंडाको हेल्थपोष्टदेखि पुल्चोकसम्मको सडक बन्द हुने

दुलेगौंडा– दुलेगौंडा बजारको हेल्थपोष्ट चोकदेखि पुल्चोकसम्मको सडक बन्द हुने भएको छ ।

शनिबार भोलिदेखि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द हुन लागेको हो ।

सडक निर्माणको क्रममा रहेकाले असुरक्षित देखिएपछि बन्द गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।

दुलेगौंडा, पुल्चोक, घारी लिलचोक हुँदै फिरफिरेसम्म पुग्ने सडक निर्माण गर्न ठेक्का लागेर निर्माणको काम सुरु भइसकेको छ ।

‘हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुल सम्मको बाटोको खण्डमा निर्माण कार्य भैरहेको हुदाँ सवारी साधन आवत जावत गर्नको लागि असुरक्षित देखिएको साथै निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तीव्रता दिनको लागि उक्त सडक अर्को सुचना जारी नभएसम्मको लागि सडक अवरुद्ध हुने…’, लामगादेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

वैकल्पिक बाटोको रुपमा ढोरबाराही मोटर मार्ग गाछेपानीदेखि पुरानो पुल हुँदै तिब्बतियन क्याम्प निस्कने सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.