दुलेगौंडा
नेपाल चिकित्सक संघ तनहुँ शाखाले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र चिकित्सकमाथि भइरहेको चुनौतीको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापामार्पत ज्ञापनत्र बुझाउदै सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाल चिकित्सक संघ तनहुँकाका महासचिव डा.दिनेश शर्माका अनुसार एमबिबिएस÷पिजी अध्ययनका लागि विद्यार्थीले झेल्नुपरेका कठिनाइबारे ध्यानाकर्षण गराइएको छ । ‘यसले समग्र स्वास्थ्य क्षेत्रमा पार्ने असरलाई गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गरिएको छ’, उनले सुनाए ।
पिजीमा अध्ययनरत आवासीय चिकित्सकलाई आठौं तहका मेडिकल अफिसर सरहको तलबभत्ता हुनपर्ने माग ज्ञापनपत्रमा छ ।
चिकित्सा शिक्षा, अनुसन्धान, तथा जनस्वास्थ्य प्रवद्र्धनको क्षेत्रमा सुधारका उपाय कार्यान्वयन गराउन जोड दिइएको नेपाल चिकित्सक संघ तनहुँ शाखाका अध्यक्ष डा. रामकुमार श्रेष्ठले बताए । चिकित्सा क्षेत्रका अन्तर्राष्ट्रिय विद्यार्थीले सामना गरिरहेका समस्या, चिकित्सकको आत्मसम्मानमा आँच पु¥याउने घटना, तथा सरकारी नीति र व्यवस्थापनमा सुधारका लागि कदम चाल्न माग गरिएको उनको भनाइ छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सम्बन्धीत निकायलाई पत्र पठाउने बताए । उनले चिकित्सक क्षेत्रमा रहेको उक्त समस्याको लागि आफुले गर्नुपर्ने काम गर्ने बताए ।