तनहुँ खबर

सुत्नुअघि आई ड्रप प्रयोग गर्नुका फाइदा

एजेन्सी । सुत्नु अघि आई ड्रपको प्रयोग गर्नाले बिहान आँखा सुख्खा हुने समस्याबाट बच्न सकिन्छ । साथै यसले आँखामा जम्मा भएको फोहोर पनि कम गर्छ । आउनुहोस् जानौं सुत्नु अघि आई ड्रपको प्रयोग गर्दा आँखालाई पुग्ने फाइदाबारे ।

सुत्नुअघि आई ड्रपको प्रयोग गर्नाले परेला टाँसिने सम्भावना कम हुन्छ । यसले आँखा राम्रो हुन्छ ।
आँखा एकदमै चिलाउने समस्या छ भने पनि यस्तो गर्न सकिन्छ । सुत्नु अघि आई ड्रपको प्रयोगले चिलाउने समस्या पनि कम हुन्छ ।
आँखामा कुनै पनि औषधि प्रयोग गरेर झिमझिम गर्दा समस्या हुन्छ । त्यसैले यस्तो काम रातीमा सुत्नुअघि गर्नु एकदमै फाइदाजनक हुन्छ । यसले आँखालाई आराम दिन्छ ।
सुत्नु अघि ड्रप राख्ने गरेमा आँखाको रोशनी पनि कम हुँदैन । यसले सुख्खापन आउन दिँदैन जसले गर्दा आँखा पनि तेजिलो हुन्छ ।
आँखाबाट पानी आउने समस्या छ भने पनि यो उपाय गर्न सकिन्छ । सुत्नुअघि आँखामा ड्रप लगाउने गरेमा पानी बग्ने समस्या कम हुँदै जान्छ ।
त्यस्तै विभिन्न मौसमी संक्रमण तथा आँखाका संक्रमणबाट पनि जोगाउन यसले सहयोग गर्छ । आँखामा इन्फेक्शन हुनबाट यसले केही हदसम्म रोक्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!