तनहुँ खबर

कान कराउने समस्याको कारण र रोकथामका उपाय

कहिलेकाहीं कान बज्ने वा कराउने समस्या धेरैले भोगेकै कुरा हो । कान दुई किसिमले कराउने गर्छ, एउटा आफैंले मात्र सुन्ने र अर्को सँगैका अरु मान्छेले सुन्ने । प्रायजसो आफैंले सुन्ने खालको कान बज्ने समस्या धेरै देखिन्छ । यसलाई मेडिकल भाषामा टेनिटस भनिन्छ ।

कानको भित्री नाक र कानको जोडिने इस्ट्याचियन ट्युबले राम्ररी काम नगरेमा यस्तो भएको हुन सक्छ ।

कान बज्ने कारण
कान बज्ने समस्या विभिन्न कारणले हुन सक्छ । सामान्यतया धेरैबेर ठूलो आवाजमा बसिराख्नाले हवाईजहाज चढ्ने क्रममा, रुघाखोकी, ज्वरो तथा पिनासको कारण कान बज्ने समस्या उत्पन्न हुन सक्छ । यसबाहेक कानमा फोहर जमेमा, कानको संक्रमण, कानको भित्री भागमा समस्या, कानको जाली च्यातिएमा, कान बन्द वा जाम भएर, कानमा कानेगुजी भरिएमा, कानको हड्डीको समस्या, कानको नसा सुकेमा र कानको नलीमा टयुमरका कारण कान बज्ने गर्छ ।

त्यस्तै मानसिक तनाव, धुम्रपान र मद्यपानको सेवनले पनि कान बज्ने समस्या हुन सक्छ । कन्डक्टटिभ हेयर लस भएमा जस्तै बाहिर कानको लोतीदेखि कानको भित्री भागसम्म हुने समस्या भएमा कान बज्न सक्छ ।

मधुमेह, रक्तअल्पता (एनिमिया) हुनु, मुटुको रोग, उच्च रक्तचाप, रगतमा थाइराइडको स्तर कम हुनाले पनि कान कराउन सक्छ । त्यस्तै वृद्धावस्थामा कानको अनेक भागमा समस्या हुनुका कारण पनि कान कराउन सक्छ । ५५ देखि ६५ वर्षको उमेर समूहलाई यो समस्याले पिरोल्ने गर्छ ।

कस्तो अवस्थामा जँचाउने ?
यसमा अन्य रोगमा जस्तो यति दिन उति दिन भन्ने हुँदैन । कान कराउने समस्याले बिरामीको दैनिक जीवनमा असर पारेको छैन भने त्यो आफैं स्वतः निको हुन सक्छ तर यदि यसले दैनिक जीवनमा प्रभाव पारेको खण्डमा चिकित्सकलाई देखाइहाल्नुपर्छ । यसले काममा ध्यान नजाने, चिड्चिडापन हुने, सुत्न नसक्ने समस्या हुन सक्छ ।

त्यति मात्र नभई कान बज्ने समस्यासँगै कान दुख्ने, कानबाट तरल पदार्थ निस्किएमा, कान सुन्निन कम भए वा चक्कर लाग्ने भएमा तुरुन्तै चिकित्सकलाई देखाइहाल्नुपर्छ । किनकि यो अन्य कुनै गम्भीर रोगको संकेत पनि हुन सक्छ ।

लक्षण
कान कराउने बेला कानभित्र ‘टीं’ आवाज सुनिन्छ । त्यस्तै व्यक्तिपिच्छे कानमा बज्ने आवाज फरक-फरक हुन सक्छ । जस्तै कानमा सिटी बजेको जस्तो, खोलाको सुसाएजस्तै पानीको आवाज आउने, कीरा कराएको जस्तो हुने, रेडियो बिग्रेको जस्तो आवाज सुन्निे हुन सक्छ । यस्ता आवाज हल्का, भारी वा निरन्तरको आइरहेको हुने गर्छ ।

उपचार
अहिलेसम्म यसलाई निको पार्ने यही औषधि र उपचार प्रक्रिया भनेर तोकिएको छैन । तर यसलाई विधिबाट उपचार गर्ने गरिन्छ । जस्तै सुन्ने शक्ति कमजोर भएमा हेयरिङ एयर बड, शल्यक्रिया, कान च्यातिएमा शल्यक्रिया, इयरफान, भिटामिन र सप्लिमेन्टको कारण भएमा त्यो औषधि दिने, व्यवहार मानसिक समस्या भएमा एन्जाइटी मनोचिकित्सकको परामर्श दिने, सुत्न नसक्ने भएमा टिनिटस मास्कर जसले कान कराउने आवाजलाई कम गर्न मद्दत गर्छ । यस्तो समस्यामा टिनिटस थेरापी गराउने गरिन्छ ।

रोकथाम
कानेगुजी निकाल्ने, कान नकोट्याउने, तेल नराख्ने, धुम्रपान नगर्ने, कानको समस्या निरन्तर वा लामो समय भएमा चिकित्सकलाई जाँच गराउनुपर्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!