तनहुँ खबर

पिडीतलाई लान्यस क्लव खैरेनीटारको सहयोग

खैरेनीटार । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने नारा सहित सामाजिक कार्य गर्दै आएको दिन लायन्स क्लव अफ तनहुँ खैरेनीटारले शनिबार तीन विपन्न परिवार सहित चारजनालाई सहयोग गरेको छ ।

क्लवले शुक्लागण्डकी ७ दोभानटोल बसोबास गर्ने दुवै मृगौला खराब भएकी धन कुमारी गुरुङ्गलाई उपाचारमा सहयोग गर्न १२ हजार पाँच सय पचास रुपैयाँ सहयोग गरेको छ भने नगरपालिका वडा नम्वर ६ का तीन अति विपन्न परिवारको स्वास्थ विमा गरिदिएको छ । गुरुङका उपचारका लागि क्लवको सचिव लायन सुरेन्द्र श्रेष्ठ ब्यक्तिगत रुपमा आठ हजार पाँच सय रकम सहयोग गरेका थिए ।

अध्यक्ष लायन नारायणप्रसाद पोख्रेलले चन्द्र माया राना, मिठु परियार र धन बहादुर तारुङ मगरको परिवारका पाँच जनाले लाभ लिन सक्ने गरि एक/एक लाखको स्वास्थ बिमा प्रदान गरिदिएको जानकारी दिए । जस्मा दुई घर परिवारको स्वास्थ बिमा गर्न क्लवका चार्टर प्रेसिडेन्ट लायन समुन्द्र राम श्रेष्ठ आर्थिक सहयोग गरेका थिए ।

यस अगाडि पनि क्लवले शुनपा ७ का १० विपन्न परिवारको स्वास्थ बिमा तथा सरस्वती नमुना माविमा आकस्मिक उपचार कक्ष स्थापना गरिसकेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!