चर्को गर्मी,
खलखल पसिना अनि काम । यस्तो बेला एयर कन्डिसनर (एसी)को चिसो तपाईं पनि सम्झिनुहुन्छ होला । अहिले सहरबजारमा कार्यालय र घरमा एसीको प्रयोग बढ्दो छ । एसीयुक्त कोठामा बस्दा हामीलाई फ्रेस महसुस त हुन्छ नै, यसले बाहिरको दूषित हावामा भएका कीटाणु र जीवाणुलाई पनि भित्र प्रवेश गर्नबाट रोक्छ । यद्यपि एसीका फाइदा मात्रै होइन, बेफाइदा पनि छन् । यसले मानव शरीरलाई मात्रै नभई वातावरणलाई पनि उत्तिकै असर गरिहेको हुन्छ । किनकि एसीबाट निस्कन रासायनिक पदार्थले ओजन तह पातलो गर्ने काम गर्छ, जसले गर्दा भविष्यमा क्यान्सर समेत हुन सक्छ ।एसीमा बस्दा हुने ‘साइट इफेक्ट’
एसीयुक्त कोठा चिसो हुने भएकाले लगातार बसिरहँदा पिनास हुने सम्भावना हुन्छ । किनभने चिसो हावाले म्युकस ग्रन्थिलाई कठोर बनाइदिन्छ । यसबाहेक रुघाखोकी लाग्ने, नाक सुख्खा हुने समस्या बढ्छ । एयर कन्डिसनरको प्रयोग गर्दा शरीरमा पानीको कमी हुन सक्छ । त्यसैले धेरै एसीमा बस्ने व्यक्तिले नियमितभन्दा बढी पानी पिउनुपर्छ । शरीरमा पानीको कमी भएमा छाला सुख्खा हुने, पसिना नआउने भएकाले छाला चिलाउने, कपाल सुख्खा हुने समस्या हुन सक्छ । यसले आँखालाई पनि सुख्खा बनाउँछ ।
एसीको नियमित सरसफाइ नहुने भएका कारण श्वासप्रश्वासमा समस्या हुने गर्छ । यसले एलर्जी र दमको समस्या भएका व्यक्तिलाई हानि पुर्याउँछ । टाउको दुख्ने समस्याले माइग्रेनसम्म हुन सक्छ । त्यस्तै थकान महसुस हुने, एसी चलाएर सुत्दा छातीमा इन्फेक्सन हुने, रोगप्रतिरोधात्मक क्षमता कम हुने, हाडजोर्नीको दुखाइ उत्पन्न हुने, एलर्जीको समस्या हुन सक्छ । एसीका कारण सरुवा रोग लाग्ने जोखिम पनि हुन्छ । एसी भएको कोठा वा कार्यालयमा हावा बाहिर पास नहुने भएकाले कोही सरुवारोगबाट संक्रमित व्यक्ति प्रवेश गरेमा सर्न सक्छ ।
समाधान के ?
एसीमा सकेसम्म कम बस्ने, सफा गरेर मात्र एसी चलाउने गर्नुहुन्छ । यसको विकल्पमा गर्मी छल्न पंखा, पानी, झोल पदार्थको सेवन गर्न सकिन्छ । त्यस्तै अफिसमा एसीमा रहँदा एक-दुई घण्टाको बीचमा मोइस्चराजर लगाउँदा छाला सुख्खा हुने सम्भावना कम देखिन्छ । एसीको अगाडि यसबाट बच्न एसीको अगाडि नबस्ने गर्नुपर्छ ।