हरीदेवी कोइरालासहित ८ स्रष्टालाई सम्मान

दुलेगौंडा

अग्रज लोक गायिका हरीदेवी कोइराला सम्मानित भएकी छन् । शुक्ला साहित्य संगमले नेपाली कला र साहित्यको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै गायिका कोइरालालाई सम्मान गरेको हो ।

कोइरालालाई ‘शुक्ला विशिष्ट सम्मान’ पुरस्कार प्रदान गरिएको छ । उनलाई गण्डकी प्रज्ञा प्रतिष्ठानकाका कुलपति सूर्य खड्का विखर्ची, शुक्ला साहित्य संगमका संस्थापक शेषमणी आचार्य, शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले दोसल्ला ओडाएर प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरे ।

शुक्ला साहित्य संगमले प्रकाशन गरेको शुक्ला प्रवाह निवन्ध संग्रहको लोकार्पण समारोहमा हरीदेवीसहित ८ जना स्रष्टालाई विभिन्न विधाको पुरस्कार अर्पण गरिएको छ ।

साहित्यकार स्ट्रगल रानालाई ‘शुक्ला मेनका यावद स्रष्टा सम्मान पुरस्कार’ प्रदान गरियो । चित्रकार यादव भुर्तेल र मेनका भुर्तेलको नामबाट स्थापित यो पुरस्कारको राशी ११ हजार पाँच रुपैयाँ रहेको छ ।

सञ्चारकर्मी आर्जु विष्ट ‘सल्यानी’ लाई १० हजार रुपैयाँ राशी सहितको ‘शुक्ला पुरस्कार’ प्रदान गरिएको छ ।

‘शुक्ला प्रतिभा पुरस्कार’ कवि यामप्रसाद सापकोटालाई प्रदान गरिएको छ । उनले नगद पाँच हजार रुपैयाँ पाए ।

‘बाल प्रतिभा पुरस्कार’ बाट नवोदित गायिका पूर्णिमा थापा र विनिता परियार, नृत्यकार सिर्जना राना पुरस्कृत भए । ‘बाल प्रतिभा पुरस्कार’ पाउनेलाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

शुक्ला साहित्य संगमका संस्थापक शेषमणी आचार्य र जीवनसंगीनी अम्बिका आचार्यद्वारा स्थापित ‘मधु–हरि, कमल–कालिका साहित्य पुरस्कार’ साहित्यकार टुकादेवी आचार्यलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पाँच हजार रुपैयाँ हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.