पोखरा
पोखरा महानगरपालिकाका एक जना अधिकृत घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका अधिकृत कपिल गिरीलाई घूस रकमसहित पक्राउ गरेको हो ।
२५ हजार रुपैयाँ घूस रकम लिदै गर्दा पक्राउ गरेको अख्तियार पोखराका प्रमुख अस्मान तामाङले जानकारी दिए । ‘पोखरा महानगरपालिकाको गेटैबाट पक्राउ गरिएको हो’, पुष्टि गर्दै तामाङले भने, ‘अनुसन्धानको पक्रिया आजैबाट अगाडि बढेको छ ।’
गिरी पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेको उजुरी फर्छयौट समन्वय अधिकृतको जिम्मेवारीमा थिए ।
अख्तियारमा तपाईंविरुद्ध उजुरी परेको छ म मिलाइदिन्छु भनेर उनले रकम लिदै गर्दा पक्राउ परेका हुन् । अधिकृत गिरीले एक लाख रुपैयाँ माग गरेकोमा २५ हजार रुपैयाँ घूस लिदै थिए ।