घान्द्रुकमा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

पोखरा

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना यात्रु घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा नयाँपुलबाट घान्द्रुतर्फ जाँदै गरेको ग १ ज ८६२१ नम्बरको स्कारपियो बिहीबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मुस्ताङको थसाङ गाउँपालिका–१ की ७० वर्षीया भीमकुमारी थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले बताए ।

घाइते ४ जनालाई उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल ल्याइको पाठकले जानकारी दिए ।

स्कारपियोमा चालकसहित ७ जना सवार थिए । चालकसहित एक यात्रु भने सकुशल रहेकी छन् । स्कारपियोमा सवार आन्तरकि पर्यटक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.