गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरा

गण्डकी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पेश भएको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नेपालको संविधानको धारा ८४ को उपधारा २ तथा गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम ३५ उपनियम १ बमोजिम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेश गरेको ‘आर्थिक वर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले १३५ बुुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा समुन्नत अर्थतन्त्र निर्माण, कृषि, पर्यटन, सहकारीको व्यवस्थापन, रैथानेवालीको प्रबद्र्धनलाई जोड दिइएको छ ।

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्न सकिने कुरा मात्रै समेटेको बताए । ‘यो लेख्नका लागि नगर्नका लागि आएको होइन । यो लेखेर गर्नका लागि हो’, उनले भने । महत्वकांक्षा बिनाको नीति तथा कार्यक्रम ल्याएको उनको दाबी छ । असीमित आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भने बाटो खोजेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

नीति तथा कार्यक्रममाथि छलफल गर्दै सत्तापक्षका सांसदले उत्कृष्ट आएको भन्दै बचाउ गरे । प्रतिपक्ष दलका सांसदले महत्वकांक्षी भएकाले कार्यन्वयन गर्न चुनौति रहेको भन्दै सुझाव दिए ।

आइतबारकै बैठकमा सार्वजनिक लेखा समितिका सभापति सुधिकुमार पौडेलले समितिको बार्षिक प्रतिवेदन संसदमा प्रस्तुत गरेका थिए । आगमी बैठक असार १ गते दिउँसो ४ बजे बस्नेछ । सोही दिन अर्थमन्त्री डा. टकराज गुरुङले आर्थिक बर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्नेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.