पोखरा
गण्डकीका सांसद रेशमबहादुर जुग्जालीले बजेट पुस्तिका च्यातेका छन् । सोमबारको प्रदेश सभा बैठकमा बोल्न रोष्टममै पुगेका जुग्जालीले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री जुग्जालीले भौतिक मन्त्रालयको बजेट समन्यायिक नभएको आरोप लगाए । म्याग्दीलाई भौतिक पुर्वाधार मन्त्रालयले चालु वर्ष र आगामी आर्थिक वर्षको बजेटमा अन्याय गरेको उनले उल्लेख गरे ।
‘मुख्यमन्त्री ज्यू त यसअघि म्याग्दी जिल्ला पुग्नुभएको छ । भौतिक पूर्वाधार मन्त्री घुम्नुभएको छैन, तपाईलाई थाहा पनि छैन, होला,’ उनले भने, ‘म तपाईंलाई भन्न चाहन्छु म तपाईंलाई मेरो व्यक्तिगत पैसाबाट म्याग्दी जिल्लाको घुमाउन चाहन्छु ।’
भौतिक पूर्वाधार मन्त्रीलाई बजेट नपुगेको भए आफ्नो र म्याग्दीकै अर्का सांसद हरि भण्डारीको भागमा परेको बजेट पनि काटेर लैजान उनको चेतावनी छ ।