गण्डकीमा माघ २२ गते स्थापना दिवस मनाइने

दुलेगौंडा–प्रदेशसभा र प्रदेश सरकारको स्थापना दिवस फरक-फरक दिन मानउँदै आएको गण्डकीमा एकैदिन प्रदेशसभा स्थापना दिवस मनाइने भएको छ । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाउन लागिएको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा प्रदेश सभा परिसर नदीपुरमा मनाउने निर्णय गरिएको छ ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो प्रदेश सभा बैठक बसेकाले त्यसै अनुरुप प्रदेश सभाले स्थापना दिवस मनाउथ्यो । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाउन थालिएको हो ।

२०७८ सालदेखि फागुन ४ गते प्रदेशभर सार्वजनिक विदा दिन थालिएको थियो । यो वर्ष माघ २२ गते नै प्रदेश स्थापान दिवस मनाइने भएको छ । फागुन ४ गतेको सार्वजनिक विदा कटौती गरिएको छ ।

प्रदेश स्थापना दिवस मनाउनलाई प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

सदस्यमा प्रदेश सभाका सचिव हरिराज पोखरेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.