‘जय हिन्दु’ ले प्रदेश सभामा कांग्रेस–माओवादीको नोकझोक

पोखरा
गण्डकी प्रदेश सभामा सत्तापक्ष नेपाली कांग्रेस र प्रतिपक्ष नेकपा माओवादीका सांसदबीच दन्तबजान चलेको छ । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानको सम्बोधनले दन्तबजानको स्थिति सिर्जना गरेको हो ।

चुमानले विशेष समयमा संसदलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले र पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रको पक्षमा व्यक्त गरेको दृढतालाई स्वागत गर्ने बताए । ‘अभिव्यक्तिमा मात्रै होइन व्यवहारमा नै गणतन्त्रको पक्षमा दृढतापूर्व उभिन हार्दिक अनुरोध पनि गर्न चाहान्छु’, उनले भने ।

वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा बनेको उनले आरोप लगाए । उनले सत्ताधारी दलकै नेतामा धर्मनिरपेक्षता र २०४७ सालको संविधानप्रतिकै मोह छर्ल® देखिने उल्लेख गरे । ‘मैले एउटा कार्यक्रममा नेपाली कांग्रेसका एक जना नेतालाई नेपाली कांग्रेसकै एक जना कार्यकर्ताले के छ हालखबर ? जय हिन्दु त होला ? भनेको सुन्याछु’, उनले दोहो¥याउँदै भने, ‘के छ हाल खबर ? जय हिन्दु त होला ? भनेपछि यो विषयमा दलहरुभित्रै गम्भिर छलफल हुनुपर्ने हो । यस्ता पात्र, प्रवृत्तिहरुमाथि दरो वैचारिह संघर्षसमेत दलहरुमा हुनुप¥यो ।’ उनले संविधानको पूर्ण कार्यन्वयनमा जोड दिनुको साटो संशोधनको नाममा कमजोर बनाइरहेको टिप्पणी चुमानले गरे ।

चुमानको ‘जय हिन्दु’ अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनायो । यही अभिव्यक्तीले कांग्रेस एमालेबीच दन्तबजानको स्थिति सिर्जना गरेको हो । कांग्रेस सांसद डिल्लीराम सुवेदीले चुमानको भनाईप्रति नियमापत्ति जनाए ।

‘कुनै अपुष्ट सन्दर्भमा कसैले केही भनेको रे भन्ने विषयलाई लिएर मुलुकको सार्वभौमिकता, अखण्डता, जनताको सार्वभौमिकतासँग समुन्नत रहेको अत्यन्त संवेदनशील विषयमा ७० वर्षभन्दा लामो इतिहास बोकेको घडीमा सबै ढंगले परीक्षण भएको पार्टीलाई आँच आउने आम जनतामा वितृष्णा र नकरात्मक सन्देश जाने शब्द प्रयोग गर्नुभएको छ’, सुवेदीले भने, ‘त्यस कारण त्यो शब्द रेकर्डबाट हटाउन म माग गर्न चाहन्छु ।’
सुवेदीले नियमापत्ति जनाउनेवित्तकै नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढामगर उठिन् । सभामुख कृष्णप्रसाद धितालले सांसद सुवेदीलाई कुरा बुझेको भन्दै बस्न आग्रह गरे । सभामुख धितालले सांसद सुवेदीले उठाएको विषय त्यतिबेलै उठाएको भए उपयुक्त हुने प्रतिक्रिया दिए । ‘यो विषयमा फेरि कार्यव्यवस्थामा छलफल गरेर अगाडी बढौंला’, उनको भनाइ थियो ।

बुढाले प्रदेश सभाको नियामावलीको नियम २५ अध्ययन गर्न कांग्रेस सुवेदीलाई आग्रह गरिन् । ‘जहाँ उल्लेख गरिएको छ की बोलिरहेको समयमा नियम २० को (घ) अन्तर्गत उल्लंघन गरेको लागेमा उहाँले त्यतिबेलै नियमापत्ति गर्ने हाम्रो नियमावलीमा भएको व्यवस्था छ । यो व्यवस्थाभन्दा बाहिर गएर बोलेको मैले अनुभूति गरेको छु’, बुढाले भनिन्, ‘मैले सभामुखमार्फत हामीले बनाएको नियमावली हामी आफैंले फलो नगर्ने हो भने यसमा प्रश्न गम्भिरता उठ्छ कि उठ्दैन ?’

बुढाले बोलेर सक्नेवत्तिकै नेपाली कांग्रेसका प्रमुख सचेता नन्दप्रसाद न्यौपानेले समय मागे । उनले सुवेदीले नियमापत्ति नियम २० (घ)लाई टेकेर नियम २५ अनुसार जनाएको प्रस्टीकरण दिए । सुवेदीले कुन नियमअनुसार नियमापत्ति जनाएको हो स्पष्ट भनेका थिएनन् ।

‘उहाँले नियमापत्ति २५ मा टेकेर गर्नुभएको हो । नियमापत्ति २० मा छ । २० को (ख) लाई कोड गरेर उहाँले जुन कुरा एउटा स्वाधिनतामाथि जो गौरवशाली नेपाली कांग्रेस पार्टीजस्तो जसले नेपालको स्वाधिनताका लागि लड्यो त्यो पार्टीलाई ‘जय हिन्द’ भन्ने जो शब्द प्रयोग गरियो त्यो संसदीय रेकर्डबाट हटाउनुपर्छ भनेर उहाँले आफ्नो नियमापत्ति गर्नुभएको हो’, बचाउ गर्दै न्यौपानेले सभामुखलाई जानकारी गराए ।

सभामुख धितालले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर अगाडि बढ्ने जवाफ दिएर कार्यसूचीलाई अगाडि बढाए ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बोलेपछि नेपाली कांग्रेसको तर्फबाट समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बनेको बिन्दुकुमार थापाले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसपछि सांसद सुवेदीले चुमानको भनाईप्रति नियमापत्ति जनाउदै रेकर्डबाट हटाउन माग गरेका थिए ।

यसअघि चैत १२ गते सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयले गण्डकीमा सत्तापक्ष नेकपा एमालेका सांसद र प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसदबीच नोकझोक चलेको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले माओवादी सांसद हरि भण्डारीले बोल्दै नबोलेको विषयलाई बोलेको भन्दै नियमापत्ति जनाएका थिए । नेपालीले ‘प्रधानमन्त्रीको सालो’ भन्ने शब्द घोर आपत्तिजनक भएको बताउदै रेकर्डबाट हटाउन माग गरेका हुन् । जबकी भण्डारीले ‘प्रधानमन्त्रीलाई आफ्नो आफन्तलाई बाहिर राखेर कुलमान प्राधिकरणको कुर्सीमा बसिरहेको मन परेको थिएन,’ भनेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.