पोखरा
गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले पाएको छ । आइतबार आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ प्रस्तुत गरेको बजेट वक्तव्यमा भौतिक पूर्वाधारले झन्डै १२ अर्ब रुपैयाँ पाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड ९ लाख ८ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको पर्यटनले बजेटमा भने कम प्राथमिकता पाएको छ । उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. गुरुङले जानकारी दिए ।
ऊर्जा जलस्रोत तथा खानेपनी मन्त्रालयलाई ३ अर्ब ८८ करोड ८१ लाख रुपैयाँ, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३९ करोड ५१ लाख ६७ हजार रुपैयाँ, कृषि भूमि व्यवस्था तथा यातायात मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।
वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब छ करोड ५० लाख ४० हजार रुपैयाँ, स्वास्थ्य मन्त्रालयलाई तीन अर्ब ३२ करोड ७० लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि आइतबारको प्रदेश सभामा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुमा जुन ३९.५ प्रतिशत बजेट छुटाइएको हो ।
पूँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ । कुल बजेटको ५९.७ प्रतिशत पुँजीगतमा छुट्याइएको हो । वित्तीय व्यवस्थातर्फ २५ करोड लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन कुल बजेटको ०.८ प्रतिशत हो । आगामी वर्ष १ करोड ५४ लाख ५२ हजार रुपैयाँ सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार रुपैयाँ अनुमान गरिएको छ । सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री गुरुङले जानकारी दिए ।
प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब २४ करोड ५० लाख ९४ हजार रुपैयाँ नगद मौज्दात बचत हुने अनुमान छ । १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको छ ।
चालु आर्थिक वर्षको तुलनामा एक अर्ब रुपैयांँ कमको बजेट आएको हो । चालु बर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जेठसम्म ४८.०६ प्रतिशत खर्च भएको अवस्था छ ।बजेट बक्तव्य 2082-83 हाल काम गरेकोबजेट बक्तव्य 2082-83 हाल काम गरेको