दुई महिना कैद भुक्तानका लागि फरार प्रतिवादी पक्राउ

दुलेगौंडा– तनहुँ प्रहरीले दुई महिना कैद भुक्तानका लागि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–९ गजौंडेका ३७ वर्षीयाधर्मराज गोदारलाई उनकै घरबाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्वामा जिल्ला अदालत तनहुँले गत बर्ष माघ २८ गते दोषि ठहर गर्दै फैसला गरेको थियो । त्यसपछि फरार रहेका उनलाई बिहिबार पक्राउ गरेर जिल्ला अदालत तनहुँमा कैद भुक्तानका लागि उपस्थित गराइएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.