तनहुँ खबर

अवैध सट्टेबाजीमा कारोबार गरेको आरोपमा राजु मास्टरसहित चर्चित आठ कलाकार पक्राउ

काठमाण्डौ ।  अवैध वानएक्स बेटको कारोबार गरेको आरोपमा हास्य कलाकार राजु मास्टर उर्फ राजु पौडेल सहित आठ जना कलाकार र युट्युवर पक्राउ परेका छन् । युट्युव मार्फत दर्शक माझ चर्चित रहेको आठ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।

जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार बल्छी ध्रुवेु (मरिचमान श्रेष्ठ) धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय (म्याकुरी) पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन्।

त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ुजलनु, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे ९ढेडु बुढो० र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन्। उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ। यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!