तनहुँ खबर

उन्नती कृषि सहकारीको अध्यक्षमा तिम्ला

दुलेगौंडा । उन्नती कृषि सहकारी संस्था लिमिटेडको पाँचौँ अधिवेशन मार्फत मानकुमार तिम्लाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न भएको १४ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन मार्फत तिम्ला अध्यक्ष चयन भएका हुन् ।

सहरकारीको आगामी चार बर्षीय कार्यकालका लागि उपाध्यक्षमा शंकरबहादुर कार्की, सचिवमा ध्रुवराज लामिछाने र कोषाध्यक्षमा लालबहादुर कार्की चयन भएको प्रवन्धक कोमलबहादुर बानियाँले जानकारी दिए ।

समितिका सदस्यहरुमा सन्तोष कुमार श्रेष्ठ, खिम बहादुर भट्टराई, बेल बहादुर श्रेष्ठ, सुमित्रा तिमिल्सिना, पुष्पा घिमिरे, होमा कुमारी खड्का, अशोक बहादुर खत्रि रहेका छन् ।

यस्तै लेखा समिति सदस्य बेदराज अधिकारी, सदस्यसुर्य प्रसाद पोडेल, अनिता अधिकारी रहेको बानियाँले जनाए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!