दुलेगौंडा । चाडपर्व सुरु हुन थालेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेको बजारहरु सोमबार पनि खुल्ने भएका छन् । व्यवसायिक हितका लागि भन्दै हरेक सोमबार बन्द हुदै आएको बजार चाड पर्वलाई लक्षित गरेर शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले खुलाउने निर्णय गरेको हो ।
गत भाद्र ११ बसेको संघको बैठकले आजदेखि बजार खुल्ला रहने निर्णय गरेको महासंघका महासचिव उपेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार अर्को सुचना प्रकाशन नभएसम्म बजार खुला हुनेछ ।
तनहुँको क्षेत्र नम्वर २ अन्तर्गत पर्ने ब्यापारीक बजारहरु हरेक सोमबार बन्द हुदै आएको भएता पनि दैनिक उपभोग गर्ने तथा अत्यावश्यकीय बस्तुको पसल भने खुल्ला रहदै आएको थियो । संघले बर्षेनी तिज अघि बजार खुलाउने र हरिशयनी एकादशी पछि सोमबार बजार बन्द गर्ने निर्णय गर्दै आएको छ । संघको निर्णय अुनसार अब सोमबार पनि दुलेगौँडा, खैरेनीटार, बेलचौतरा, शेराटार, गणपति, गााछेपानी, कोत्रेबजार खुला हुनेछ ।