दुलेगौंडा । यामाहा कम्पनीले नेपालमा पहिलो पटक भित्र्याएको रे जेडआर १२५ हाइब्रिड, तनहुँको दुलेगौडा स्थित सुन्दर अटो वर्क्समा एक कार्यक्रममा मार्फत सार्वजनिक गरिएको छ ।
कम्पनीको आधिकारीक विक्रेता समेत रहेको अटो वर्क्सले शुक्रबार आयोजना गरेको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सभापति विमल प्रसाद रिमालले स्कुटर यस क्षेत्रमा उपलब्ध रहेको घोषणा गरे । उनले अन्य स्कुटरहरुमा भन्दा बढी सुविधा रहेकाले खरिद गर्न ग्राहकहरुलाई आग्रह गर्दै आफुले समेत खरिद गरेर पहिलो सेवाग्राही बन्ने बताए ।
यामाहा कम्पनीले उत्पादन गर्ने सवारी साधनको विक्री वितरण गर्दै आएको मोरङ अटो वर्क्स (एमएअडब्लु)का एरिया सेल्स म्यानेजर सुवास मैनालीले स्कुटरको विशेषता बारे जानकारी दिए । मैनालीका अनुसार यामाहा नेपालले ल्याएको रे जेडआर १२५ हाइब्रिडमा चार ट्रिमहरू स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम–प्रिमियम प्लस उपलब्ध छन् । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन छ । साइलेन्ट स्टार्टरका रूपमा पनि चिनिने यो प्रणाली इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरका रूपमा दोब्बर हुन्छ । इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।
रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको हो, जसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प रहेको छ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्राम तौल भएको यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण सुविधा छन् ।
वर्क्सका सञ्चालक आनन्द सुन्दर श्रेष्ठले नयाँ यो स्कुटरले बहाकलाई ६० किलोमिटरसम्मको माईलेज दिनुका साथै दुर्घटना कम गर्न समेत मद्दत पु¥याने दावि गरे । रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार नौ सयबाट सुरु हुन्छ ।